१३ औं संस्कारणको एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

तु खबर संवाददाता
२०७८ श्रावण २६,मंगलवार ०८:३६
file-photo

काठमाडौं । २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ ।

यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म फिलिपिन्समा हुने भनिएको महिला भलिबल च्याम्पियनसिप स्थगित भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको हो ।

फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले सूचना मार्फत जानकारी गराएका छन् ।

एसियल भलिबल कन्फेडेरेसनले फिलिपिन्स भलिबल फेडेरेसनलाई अक्टोबर अन्तिम साता च्याम्पियनसिप गर्नका लागि सुझाव दिएको पनि चन्दले उल्लेख गरेका छन् ।

एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले यसअघि नै सार्वजनिक गरेको ड्र अनुसार ८ राष्ट्रले मात्र खेल्ने तय छ ।

नेपाललाई भने अर्को संस्करणमा सहभागी गराउने एभिसीले जनाएको छ ।