बकैयामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७९ कार्तिक १, मंगलवार ०९:३८

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । बकैयाको खेलकुद विकास समितिले नेपालीहरुको महान पर्व तिहारको अवसरमा पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

प्रतियोगिता आगामी कात्तिक ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ खेलाडी, १ जना टिमकोच र १ जना म्यानेजर गरी १४ जना हुनु पर्ने आयोजकले जनाएको छ । खेल तालिका कात्तिक १ गते मंगलबार सार्वजनिक हुनेछ ।

प्रतियोगिताका लागि सहभागीको दर्ता शुल्क २ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा विजेता हुनेले ५० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ नगद शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।