बकैयास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल आज

तु खबर संवाददाता
२०८० मंसिर ३, आईतवार ०९:५३

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा जारी पालिकास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ ।

फाइनल खेल आज दिउँसो २ बजे हुने भएको हो । प्रतियोगिताको उपाधिको लागि बकैया–३ नम्बर वडा र बकैया–८ नम्बर वडाबीच प्रतिस्प्रर्धा हुनेछ । ती दुबै समूह शनिबार भएको सेमिफाइनल खेलबाट विजयी भई फाइनल खेलको लागि चुनिएको थियो ।

प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी, उत्कृष्ट खेलाडीले नगद ३ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्ट खेलाडीहरुले १–१ हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।