मकवानपुरको बकैयामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता घमनटोल स्पोर्टस् क्लबको आयोजनामा यही फागुन १३ र १४ हुने हुने भएको हो ।
प्रतियोगिता बकैया गाउँपालिका वडा नम्वर ७ स्थित घमनटोल खेल मैदानमा हुने स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए । उनले क्लबको सातौं वार्षिक उत्सवको अवसरमा नकआउट चरणमा प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।
अध्यक्ष तिमल्सिनाले प्रतियोगिताबाट जिल्लामा हुने भलिबल प्रतियोगितामा गाउँपालिकाबाट सहभागि हुने खेलाडीको छनोट हुने समेत बताए । प्रतियोगिताको विजेता टिमले नगद २० हजार रुपैयाँ र उपविजेता टिमले नगद १० हजार रुपैयाँ, र उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क १ हजार ५ सय रुपैया तोकिएको आयोजकले जनाएको छ ।
