इच्चुङ र वखरडाँडा जोड्ने झोलुङ्गे पुल उद्घाटन
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–८ इच्चुङ र वखरडाँडा जोड्ने झोलुङ्गे पुलको बुधबार उद्घाटन् गरिएको छ ।
बागमती प्रदेशसभाकी सदस्य कुमारी मोक्तानले पुलको उद्घाटन गरेकी हुन् ।
झोलुङ्गे पुल निर्माण भएपछी स्थानीयलाई धेरै सहज भएको मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए ।
एक करोड रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो ।
पुल बनेपछि आफुहरुलाई निकै सहज भएको भन्दै स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।
वर्षातको समयमा पुल नहुँदा आवतजावतमा समस्या पर्ने गरेको स्मरण गर्दै स्थानीयहरुले पुल बनेपछि आफुहरुको ठुलो समस्या समाधान भएको बताए ।
पुल उद्घाटन कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, वडा नम्वर ८ का अध्यक्ष कुमार सिंह घिसिङलगायतको उपस्थिति रहेको थियो ।
