हाँडीखोलामा बन्ने भयो पक्की पुल

तु खबर संवाददाता
२०७७ माघ १३, मंगलवार ०८:४८

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर –५ हाँडीखोलामा पुल निर्माणको काम सुरु गरिने भएको छ ।

मनहरी गाउँपालिकाको बजेटमा पुल निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि अहिले खोलालाई साघुरो बनाउने काम भइरहेको र अब जगखन्ने काम सुरु गरिने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए ।

ठेक्का मार्फत पुल निर्माण गर्न लागिएको हो । पुल नहुँदा वषौंदेखि समस्या भोग्दै आएका यस क्षेत्रका वासिन्दालाई अब भने सहज हुने भएको अध्यक्ष उप्रेतीले बताए । मनहरीमा पुल निर्माण, सडक निर्माण, नाली निर्माण लगायतका कामले प्राथमिकता पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*