मकवानपुरगढीमा भेट्रान्स कप फुटसल प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा भेट्रान्स फुटसल प्रतियोगिता हुने भएको छ । शुभ दिपावलीको अवसरमा स्थानीय श्री प्रतिभा युवा क्लबले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगिाता कात्तिक ६ गतेदेखि मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु मिनीपिचमा सुरु हुने क्लबका अध्यक्ष हेमबहादुर योञ्जनले जनाएको छ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका खेलाडी तथा क्लबले मात्रै सहभागीता जनाउन पाउनेछन् ।
प्रतियोगिताको बिजेता टोलीले खशी, उपबिजेता टोलीले बोका र तेस्रो टोलीले कुखुराको भालेसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । नक आउटको आधारमा हुने प्रतियोगिताको खर्च २ लाख ३५ हजार हुने आयोजकको अनुमान छ ।
टिम दर्ताको अन्तिम मिति कात्तिक ५ गते ४ बजेसम्म रहेको छ भने ५ बजे मकवानपुरगढी–४ स्थित रुद्रबाटीकामा टाइसेट तानिने आयोजकले जनाएको छ । टिम दर्ताका लागि खेलाडीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र फोटोसहित २ हजार रुपैयाँ शुल्क लाग्नेछ जनाइएको छ ।