प्रचण्ड निवास खुमलटार पुगे प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् ।
लामोसमयदेखि विरामी अवस्थामा रहेकी प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य अवस्था बुझ्न देउवा खुमलटार पुगेको बताइएको छ ।
देउवाले खुमलटारमा प्रचण्डसंग पछिल्लो राजनीतिक अवस्था, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा पनि छलफल गर्ने कांग्रेस निकट स्रोतले बताएको छ ।
यसअघि मंगलबार बिहान पनि प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । भेटमा सरकार सञ्चालन र गठबन्धनको साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको थियो ।
प्रचण्डले नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाललाई पनि उनकै निवासमा पुगेर आजै भेट गरेका थिए ।
