बकैया गाउँपालिकाले आगामी आवको लागि ल्याएको बजेट पारित

तु खबर संवाददाता
२०७८ असार ३१, बिहीबार ०९:१६

मकवानपुर । मकवानपुरको बकैयाँ गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट पारित भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि गत असार १० गते ल्याएको ७५ करोड ३३ लाखको बजेट पारित भएको हो ।

उक्त बजेट बुधबार भएको सातौं गाउँसभाबाट पारित भएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले जानकारी दिए ।

उनका अनुसार, गाउँपालिकाले लयाएको आगामी आवको बजेट भौतिक पूर्वाधार विकासमा केन्द्रीत रहेको छ । बजेटमा सबै भन्दा धेरै सडक निर्माण, पुल निर्माण, खानेपानी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*