लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरको टार्गेट बृद्धि फिर्ता लिने

तु खबर संवाददाता
२०७८ असार १०, बिहीबार ११:१६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरको लागि बृद्धि गरेको टार्गेट फिर्ता लिने निर्णय गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अनुसार गत जेठ १ गतेदेखि असारसम्म लागू गरिएको टार्गेट बृद्धि फिर्ता लिने र्णिय गरेको हो ।

अब पूर्ववत रुपमा टार्गेट कायम भएको कम्पनीले जनाएको छ ।

बीमा अभिकर्तालाई एजेन्सी म्यानेजर हुनका लागि तोकिएको टार्गेटमा भारी बृद्धि गरिएको थियो । बीमा अभिकर्ताहरुले उक्त टार्गेट बृद्धि फिर्ता हुनुपर्ने माग राख्दै आएका थिए ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले टार्गेट बृद्धि फिर्ता लिने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*