जीवन बीमा कम्पनीहरुले पूर्वाधार क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने

तु खबर संवाददाता
२०७७ फाल्गुन ९,आईतवार १८:४१

मकवानपुर । जीवन बीमा कम्पनीहरुले पूर्वाधार क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने भएको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पूर्वधार क्षेत्रमा अनिवार्य लगानी गर्न निर्देशन दिएको छ ।

समितिले ‘बीमकको लगानी निर्देशिका २०७५’ मा भएको व्यवस्था अनुसार कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा अनिवार्य लगानी गर्न कम्पनीहरुलाई परिपत्र गरेको हो।

कम्पनीहरुले लगानी निर्देशिका अनुसार पूर्वाधार क्षेत्रमा अलिकति पनि लगानी गरेको नदेखिएकोले यथासिध्र निर्देशिका बमोजिम लगानी गर्न निर्देशन दिइएको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

लगानी निर्देशिका अनुसार जीवन बीमा कम्पनीहरुले कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म यस्ता क्षेत्रमा लगानी गर्न पाउछन्। यस्ता क्षेत्रमा लगानी गर्दा बीमा कम्पनीले एउटै परियोजनामा आह्वान गरिएको कूल रकमको दश प्रतिशत भन्दा बढि पाउदैनन्। साथै लगानी गरिने कम्पनी पब्लिक लिमिटेड हुने पर्ने व्यवस्था छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*