ज्योति विकास बैंक र रेबानबीच बिना धितो कर्जा उपलब्ध गराउन सम्झौता

तु खबर संवाददाता
२०७८ असार २१,सोमबार १८:५८

काठमाडौं । ज्योति बिकास बैंक र नेपाल रेष्टुरेन्ट तथा बार एशोसियेसन नेपाल (रेबान) व्यवसायीलाई बिना धितो कर्जा उपलब्ध गराउन सम्झौता भएको छ ।

बैंकले रेबानमा आबद्ध व्यवसायी र कर्मचारीलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच आज सम्झौता भएको हो ।

आज एक कार्यक्रमबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल रेष्टुरेण्ट तथा रेबानका तर्फबाट अध्यक्ष अरनिको राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौतापश्चात रेबानमा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई बैंकमा १५ लाख रुपैयाँसम्मको बिना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध हुनुका साथै बैंकले विशेष छुटमा प्रोफेसनल लोन समेत उपलब्ध गराउनेछ ।

त्यस्तै, बैंकले सहज वित्तिय सेवा प्रदान गर्नुका साथै रेबानमा आबद्ध व्यवसायी तथा कर्मचारीहरुलाई डिजिटल बैंकिंङ्ग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरी व्यवसायमा लागू गर्न पनि सहयोग गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*