सिर्जना फाइनान्सको बोनस शेयर सूचिकृत

तु खबर संवाददाता
२०७८ असार ३,बिहीबार १३:२१

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिहिबार सिर्जना फाइनान्सको बोनस शेयर सूचिकृत भएको छ ।

स्टकमा फाइनान्सको ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

फाइनान्सका गत पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७६/७७ को नाफाबाट फाइनान्सका सेयरधनीहरूलाई १३ दशमलव ५९ प्रतिशत बोनस शेयर र ० दशमलव ६८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १४ दशमलव २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*