मकवानपुरका यी स्थानहरुमा आजबाट ४ दिन विद्युत अवरुद्ध हुने

तु खबर संवाददाता
२०७८ जेष्ठ ३१,सोमबार ०९:३१
file photo

मकवानपुर । मकवानपुरको हेटौँडा, बकैया, बागमती र राक्सिराङ गाउँपालिकाका विभिन्न स्थानमा आजदेखि चार दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण हेटौँडा बितरण केन्द्रले एक सूचना जारी गर्दै वंशगोपाल फिडर अन्तरगतको हटिया चिसापानी हुँदै हेटौँडा–१७ सम्म तथा ग्रामिण फिडर चिसापानी हटियादेखि बकैया, बागमती र राक्सिराङ गाउँपालिकाको सम्पुर्ण क्षेत्रमा आजबाट चार दिनसम्म विद्युत अवरुद्ध हुने जनाएको हो ।

जेठ ३१, असार १ गते, २ गते र ३ गते बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि ५ बजेसम्म विद्युत प्रसारण अबरुद्ध हुने प्राधिकरणले सार्बजनिक सूचना जारी गरी जानकारी दिएको छ ।

वंशगोपाल फिडर र ग्रामिण फिडर अन्तर्गतका स्थानहरुमा पोल/तार सार्ने काम र अध्यावतिक गर्ने कार्यको लागि विद्युत अवरुद्ध हुने हेटौँडा बितरण केन्द्रले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*