प्रधानमन्त्रीको सपथविरुद्धको रिट प्रधानन्यायधीशको एकल एजलासमा

तु खबर संवाददाता
२०७८ जेष्ठ ४, मंगलवार ११:२९
file-photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ विरुद्ध परेको रिट प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणा आफैले हेर्ने भएका छन् । ओलीले गत शुक्रबार लिएको प्रधानमन्त्रीको सपथ बदरको माग गर्दै दर्ता भएका रिटहरुको सुनुवाई प्रधानन्यायधीश आफैले गर्ने गरी तोकेका छन् ।

सपथको व्यहोरा अनुसार सपथ नगर्नु संविधान विपरित भएको भन्दै बरिष्ठ अधिवक्ता चन्द्रकान्ता ज्ञवालीलगायतका कानून व्यवसायीहरुले रिट दायर गरेका थिए । प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेका थिएनन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीले त्यो शब्दावली पुनः उच्चारण गर्दा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*