महान्यायाधिवक्तामा बडाल, आइतबार सपथ

तु खबर संवाददाता
२०७७ चैत्र ६, शुक्रबार १५:२९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जनाएको छ ।

बडालको आइतबार सपथ ग्रहण राखिएको छ ।

महान्यायाधिवक्तामा यसअघि अग्नि खरेल रहेका थिए । खरेलले शुक्रबार पदबाट राजीनामा दिएसँगै रिक्त रहेको उक्त पदमा प्रधानमन्त्रीले बडाललाई नियुक्ती गरेहका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*