चीनले नेपाललाई थप ३ लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने
काठमाडौं । चीनले नेपाललाई थप ३ लाख डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उपलव्ध गराउने भएको छ ।
सोमबार काठमाडौंस्थित चिनियाँ राजदूतवासले एक सूचना जारी गरी सो कुराको जानकारी गराएका हुन् ।
यसअघि पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले योसँगै अब नेपाललाई ८ लाख सिनोफार्म खोप उपलब्ध गराउँदैछ ।
सिनोफार्मलाई यसअघि नै नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।
