प्रचण्ड–माधवबाट हिजो जनतालाई लुट्ने काम भयो, हामी क्षतिपूर्ति दिन्छौँ : उप्रधानमन्त्री पोखरेल

तु खबर संवाददाता
२०७७ माघ २३, शुक्रबार १६:५२
file-photo

काठमाडौँ । काम चलाउ सरकारका उपप्रधानमन्त्री एवम् नेकपा ओली पक्षका नेता ईश्वर पोखरेलले नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालबाट जनतालाई निकै क्षति पुगेको भन्दै त्यसको क्षतिपूर्ति सरकारले दिने बताएका छन् ।

‘हिजो एउटा ट्याक्सी चालक, जसले जसोतसो गुजारा चलाउनुभएको थियो । उहाँमाथि सांघातिक हमला, तोडफोड र आगजनी गरियो । म यही सभाबाट भन्न चाहन्छु, केपी ओली सरकारले त्यो सम्पूर्ण क्षतिपूर्तिको व्यवस्था गर्नेछ’, पोखरेलले भने ।

हिजो जनतालाई दुःख दिने, लुट्ने काम भयो, हामी क्षतिपूर्ति दिन्छौँ – उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*