एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल बंगलादेश प्रस्थान
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बंगलादेशको ढाका प्रस्थान गरेका छन् ।
बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा एमालेको तर्फबाट अतिथिका रुपमा सहभागी हुन उनी त्यहाँ प्रस्थान गरेकी हुन् ।
पोखरेलले महाधिवेशनलाई भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
पोखरेलसँगै एमालेका विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुने छन् । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल २ दिनपछि स्वदेश फर्किने कार्यसूची रहेको छ ।
