एमाले महासचिव पोखरेल चढेको गाडी दुर्घटना

तु खबर संवाददाता
२०८० माघ २८,आईतवार १७:२४

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना भएको छ । महासचिव सवार म.१ च ३६९ नम्बरको स्कोर्पियो दैलेखको डुंगेश्वर गाउँपालिका–१ स्थित चुप्रामा पल्टिएर दुर्घ६ना भएको हो ।

दुर्घटनामा परेर नेकपा एमालेकी प्रदेश उप–सचिव पद्मा खड्का सामान्य घाइते भएकी छन् । खड्काको हातमा चोट लागेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, महासचिव पोखरेल सुर्खेतबाट दैलेख सदरमुकाम तर्फ जाँदै थिए । गाडी सडकमा पल्टिएको र महासचिव पोखरेल सकुशल रहेका छन् ।

दुर्घटनापछि पोखरेल दैलेख सदरमुकाम पुगेर आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गरेर काठमाडौँ फर्किएका छन् ।