नेपाली कांग्रेसले बोलायो सर्वदलीय बैठक

तु खबर संवाददाता
२०७७ पुष ६, सोमबार १०:१४
file-photo

काठमाडौं । नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो ।

कांग्रेस नेता बालकृष्ण खाँडका अनुसार, बैठक दिउँसो चार बजे पार्टी कार्यालय सानेपामा बोलाइएको हो ।

बैठकमा ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल हुनेछ ।

संसद भंग गर्ने र आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने ओलीको कदमको अहिले चौतर्फी विरोध भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*