बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यसको चार दिनपछि राष्ट्रपति भण्डारीले गौतमलाई मनोनयन गरेकी हुन् ।
