राष्ट्रियसभामा वामदेवलाई पठाउने नेकपाको निर्णय
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ ।
बिहिवार बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रियसभाको सदस्यमा गौतमलाई पठाउने सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो । आज बसेको नेकपा सचिवालय बैठकले राष्ट्रियसभामा गौतमलाई पठाउन सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
