उद्योगमन्त्री भट्टलाई ज्यान मार्ने धम्की
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ ।
मन्त्री भट्टले बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा आफुलाई ज्यान मार्ने धम्की आएको बताएका हुन् ।
उनले केही दिनअघि बझाङबाट १ जना व्यक्तिले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताए ।
उनलाई ती व्यक्ति टेलिफोन गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिएको बताए ।
आज समितिमा नेटवर्किङ बिजनेसका बारेको छलफलमा चलिरहेको थियो । छलफलकका क्रममा उनले उक्त कुरा बताएका हुन् ।
