सरकारले भारतसंग तत्काल भिडियो वार्ता गर्नुपर्छ – माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता एवम् अन्तर्राष्ट्रिय विभाग प्रमुख माधवकुमार नेपालले नेपाली भूमि लिपुलेक अतिक्रमणबारे भारतसँग तत्काल भिडियो वार्ता गर्न सरकारसंग माग गरेका छन् ।
महामारीको मौका छोपेर भारतले लिपुलेक अतिक्रमण गरेकाले तत्काल एक्सन लिनुपर्ने बताएका छन् ।
‘कोभिड–१९ का कारण विश्व नै त्यससँग जुधिरहेको संकटकालीन अवस्थाको मौका छोपेर गरिएको अतिक्रमणसम्बन्धमा छलफल गर्न महामारीको अन्त्य नकुरी भिडियो कन्फ्रेसन्सबाट कुराकानी गर्न हामी विशेष ध्यानाकर्षण गराउँछौं,’ नेकपा विदेश विभाग प्रमुखको हैसियतमा नेपालद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।