अपडेट– बकैयाको फुयाल किराना पसलबाट ९ लाख बराबरको सामान चोरी

तु खबर संवाददाता
२०७७ बैशाख २७, शनिबार १८:२२

मकवानपुर । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ४ जुरेलीस्थित एक किराना पसलमा चोरी भएको छ । होमनाथ फुँयालले संचालन गरेको फुयाल पसलमा गएराति चोरी भएको हो ।

उक्त पसलाबाट एनसीएल, एनटिसी र डिसहोमको रिचार्ज कार्ड, मदिरा, खाद्यन्नलगायत अन्जादी ९ लाख बराबरको सामान चोरी भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिए ।

उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*