मकवानपुर एसपी सिंहको मेन टार्गेट : गाँजा तस्करी र नेकपाको गतिविधि नियन्त्रण

तु खबर संवाददाता
२०७६ बैशाख २१, शनिबार १२:२२

मकवानपुर, २१ वैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश सिंह अहिले गाँजा र विप्लव नेतृत्वको नेकपाको गतिविधि नियन्त्रणमा क्रियाशील छन् । रातभरि गस्तीमा दौडने सिंहको प्राथमकितामा लागुऔषध नियन्त्रण रहेको छ । त्यसपछि सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेकपाको गतिविधि नियन्त्रणमा उनले निकै समय खर्च गर्ने गरेका छन् ।

यो बीचमा उनको नेतृत्वको प्रहरीले भारी मात्रामा लागुऔषध गाँजा त्यसका कारोवारी र सवारीसाधन नियन्त्रणमा लिएका छन् । ठूलो परिमाणमा उनले गाँजा नियन्त्रणमा लिएका छन् भने विप्लव नेतृत्वको राजनीतिक दलमा आवद्ध भएकाहरुलाई पनि विभिन्न मुद्दामा पक्राउ गरेका छन् ।गत फागुन ६ गते सरुवा भई मकवानपुर आएका एसपी सिंहले त्यसयता एक हजार किलोभन्दाबढी गाँजा नियन्त्रणमा लिएका छन् ।

गाँजा ओसार पसारमा संलग्न सवारीसाधन र त्यसका चालक पनि प्रहरीको नियन्त्रणमा छ । केही दिनअघि उनले ६ सय ७८ केजी गाँजा, २ सय ७३ केजी चरेस, ७ सय ग्राम अफिम, फेनार्गन २९ एम्पुल, त्यतिनै मात्रामा प्रोनोफिन र डाइजीपाम पनि नियन्त्रणमा लिएका छन् ।

५ सय ४७ ट्याव्लेट नाइट्रोभेट बरामद गरी नष्ट गरिसकेका छन् । बाँकी ४ सय ४ किलो गाँजा नष्ट गर्न बाँकी थियो भने सो दिन यता थप गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।अनेक आइडिया बनाएर गाँजा तस्करीमा संलग्नहरु मकवानपुर प्रहरीले पक्राउ गरिरहेको छ ।

सुमोको नम्बर प्लेटको तल ड्रअर बनाएर गाँजा ओसार्ने काममा संलग्न प्रहरीको नियन्त्रणमा आइसकेको छ भने आज राति एउटा भारतीय एम्बुलेन्समा गाँजा ओसारिरहेको अववस्थामा प्रहरीले पक्राउ गरेको छ । यस विषयमा थप तथ्य फेला पार्न प्रहरी अनुसन्धानमा जुटेको छ ।यसैगरी, एसपी सिंहकोे नेतृत्वमा प्रहरीले विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरिरहेको छ ।

अदालतबाट रिहा भइसकेका विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बीरबहादुर घलान ज्वालासमेत प्रहरीको हिरासतमा छन् । उनीबाहेक अन्य शुभचिन्तक, समर्थक तथा कार्यकर्ता पनि प्रहरीले पक्राउ गरिरहेको छ ।प्रहरी शान्ति सुरक्षा, अमनचयन कायम गराउने काममा निरन्तर लागिपर्ने एसपी सिंहले तु खबरलाई बताए । सरकारको नीति बमोजिम प्रहरी संगठन अघि बढ्ने उनको भनाइ थियो ।

यो पनि पढ्नुहोस् – 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*