हेटौंडाबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

२०७६, २ बैशाख सोमबार ११:५९

मकवानपुर, २ वैशाख । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–५ प्रष्टोका बस्ने २६ वर्षीय बकु राय राजघर रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खतिएको प्रहरी टोलीले आइतबार दिउँसो पक्राउ गरेको जनाएको छ ।

प्रहरीले हेटौंडाबाट बारातर्फ जादै गरेको ना.५ ख ३९५२ नम्बरको बस जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।