मकवानपुरको राक्सिराङबाट १३७ केजी लागूऔषध गाँजा बरामद

२०७५ फाल्गुन १३,सोमबार ११:१७

मकवानपुर १३ फागुन । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ ढुंखेलस्थित कुमार स्याङ्तानको घरबाट आइतबार प्रहरीले लुकाई छिपाई राखेको अवस्थामा रातो प्लास्टिक र बोराहरुमा राखिएको १३७ केजी लागूऔषध गाँजा फेला पारी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक पवन कुमार झाको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उक्त लागूऔषत गाँजा बरामद गरेको हो ।

निज घर धनी कुमार स्याङतान हाल फरार रहेका छन् । उनको खोजी हुनुका साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।