विप्लबका मकवानपुर इन्चार्ज ज्वाला पक्राउ गरिएको जिल्ला प्रहरीको पुष्टि

२०७५ चैत्र २९,शुक्रबार ०८:३६

मकवानपुर २९ चैत । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बिर बहादुर घलान ज्वाला पक्राउ परेका छन् । मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले उनलाई हिजो पक्राउ गरेको पुष्टी गरेका छन् ।

ज्वालासंगै अर्का एक जना पनि पक्राउ गरेको सिँहले जानकारी दिए ।

ज्वालालाई हेटौडा उपमहानगरपालिका—८ फायरलाईनवाट  पक्राउ गरिएको हो ।

सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित विरबहादुर मोक्तानलाई पनि पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता सागर राणाले जानकारी दिए ।  ज्वालालाई जिल्लामै राखिएको एसपी सिंहले तु खबरलाई बताए ।

प्रहरीका अनुसार ज्वाला र मोक्तानलाई ससस्त्र प्रहरीले पक्राउ गरी जिल्लामा बुझाएको हो ।