७८ किलो गाँजासहित मकवानपुरका प्रजा पक्राउ

२०७५ चैत्र ४,सोमबार १२:१९

मकवानपुर ४ चैत्र । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक पवन कुमार झासहितको प्रहरी टोलीले ७८ किलो ५०० ग्राम लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ७ बस्ने २० वर्षिय दिपसन भनिने सर्गलाल प्रजा रहेका छन् ।

उनलाई ६ वटा बोरा र सानो १ वटा प्लास्टिकको पोकामा लागूऔषध गाँजा ७८ किलो ५०० ग्राम, भरुवा बन्दुक २ नाल, सानो इभ्रिडे ब्याट्री ३ थान, स–साना ढुङगाका टुक्रा २५ वटा, आल्मुनियमको १०० ऐम.ऐल. को बोतलमा १०० ग्राम बारुद, रोल पटका १ थानसहित गत चैत्र २ गते शनिबार पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।