एम्बुलेन्समा गाँजा बोक्ने तस्कर हेटौंडाबाट चप्पल फुकालेर भागेपछि…

२०७६ बैशाख २१,शनिबार ०७:४२

मकवानपुर २१ वैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज विहान ९ पोका लागू औषध गाँजासहित भारतीय एम्बुलेन्स नियन्त्रणमा लिएको छ । यद्यपी गाँजा ओसारपसारमा संलग्नलाई भने प्रहरीले पक्राउ गर्न सकेन ।

प्रहरी स्रोतका अनुसार शनिवार बिहान मनहरीबाट हेटौँडा हुँदै भारततर्फ लागू औषध गाँजा तस्करी गरी लैजाँदै गरेको सूचना पाएपछि हेटौंडा १५ रातोमाटेमा इन्सपेक्टर अरुण कुशवाहको टोली परिचालित भएको थियो । बीआर ०५ पी ५६०५ नम्बरको सेतो एम्बुलेन्स रातोमाटे आईपुग्यो ।

प्रहरीले रोकेपछि एम्बुलेन्स चालकले प्रहरीलाई यो एम्बुलेन्स हो, छोड्नुहोस् भने । एम्बुलेन्समा गाँजा आइरहेको सूचना पाएको प्रहरी टोलीले एम्बुलेन्सको चेकजाँच सुरु गर्यो ।

प्रहरी स्रोतका अनुसार, कुशुवाहको टोलीले एम्बुलेन्स रोकेर चेकजाँच गर्दा सो एम्बुलेन्समा लुकाई ओसारपसार गरिरहेको ९ पोका गाँजा बरामद गर्यो । एम्बुलेन्समा रहेका २ जना मानिसलाई पक्राउ गर्न खोज्दा उनीहरु प्रहरीमाथि आइलागे । तानातान हुँदा गाँजा तस्करीमा संलग्न तस्कर चप्पल फुकालेर भागे, प्रहरी स्रोत भन्छ ।
प्रहरीले त्यसरी भाग्ने तस्करको खोजी कार्य तिव्र पारेको छ ।

गाँजाको परिमाण कति छ भन्ने यकिन् गरिएको छैन । प्रहरीले गाजाँको पोकाको तौल लिएको छैन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*