लागूऔषध गाँजा मुद्दामा फरार प्रतिवादी मकवानपुरका लामा पक्राउ

२०७६ बैशाख १६,सोमबार १४:१६

मकवानपुर १६ वैशाख । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं. ५ बाट लागूऔषध गाँजा मुद्दामा फरार एक प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाविस–८, थोपसालीका ३९ वर्षीय इन्द्र लामा मोक्तान रहेका छन् ।

जिल्ला अदालत मकवानपुरले २०७२ माघ १८ गते ५ वर्ष कैद र ५० हजार जरिवाना तोकेको मुक्तानलाई मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झासहितको विशेष टोलीले शनिवार पक्राउ गरेको हो ।

मोक्तानलाई आइतबार जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई कैद भुक्तानको लागि भिमफेदी कारागार पठाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*