समाचार
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न राप्रपाको माग
काठमाडौँ । गृहमन्त्री रमेश लेखकलाई भिजिट भिजा प्रकरणमा बर्खास्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको छ । सो पार्टीका तर्फबाट प्रतिनिधिसभा सांसद रोशन कार्कीले गहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गरेकी हुन् । सो सन्दर्भमा उच्चस्तरीय छानबिन हुनुपर्ने पनि उनको माग छ । विश्वको विभिन्न देशहरु रुस, युक्रेनमा रहेका नेपालीहरु...
ढकालद्वारा इटाली संसदमा सम्बोधन
काठमाडौं । प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले अन्तरसंसदीय संघद्वारा इटालीमा आयोजित दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा भविष्यका लागि विश्वास सुदृढ गर्दै र आशालाई अँगाल्दै” भन्ने मूल नारामा सम्पन्न सम्मेलनमा ढकालले मानवता सामना गरिरहेकै प्रमुख चुनौतीहरू समाधान गर्दै शान्ति र समृद्ध भविष्य निर्माण गर्न...
एनआरएनए कोरियाको अध्यक्षमा भट्टराईको उम्मेदवारी घोषणा
दक्षिण कोरिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका वर्तमान उपाध्यक्ष हरिप्रसाद भट्टराईले आसन्न अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। कोरियामा बैंकिङ क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका भट्टराईले दीर्घकालीन पेशागत अनुभव र संस्थागत नेतृत्व क्षमतालाई एकीकृत गर्दै एनआरएनएलाई एकजुट, समन्वित र गतिशील संगठन बनाउने अठोटसहित आफ्नो...
चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते
धनगढीबाट काँकडभिट्टाका लागि छुटेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढका लागि छुटेको माइक्रो बस एक आपसमा ठोक्किदा सात जनाको ज्यान गएको छ भने अरू १८ जना घाइते भएका छन् । पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको...
यस्तो छ आजकोलागी विदेशी मुद्राको विनिमयदर
काठमाडौँ — नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर केहि घटेर एकको खरिददर १३८ रूपैयाँ २४ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८४ पैसा कायम भएको छ । आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ५१ पैसा र बिक्रीदर...
इजरायली आक्रमणमा आणविक वैज्ञानिकको मृत्यु, युद्ध बीचमा वार्ता सम्भव नहुने इरानको भनाइ
इरानको राजधानी तेहरानको गिशा क्षेत्रमा आज बिहान भएको शक्तिशाली विस्फोटमा एक आणविक वैज्ञानिकको मृत्यु भएको इजरायली मिडिया कानले जनाएको छ। यो भीषण लडाइमा इरान र इजरायल आमनेसामने छन्। दुवै देशले एकअर्कामाथि बम र मिसाइलको वर्षा गरिरहेका छन् ।इरानले यो भीषण युद्दको बिचमा कुनै बार्ता नहुने स्पस्ट पारेको छ ।...
प्रजिअद्वारा समाचार संकलनमा रोक लगाइएको भन्दै प्रेस युनियनको ध्यानाकर्षण
हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुलाई प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले भिडियो तथा फोटो खिच्न नदिएको भन्दै नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ । हेटौंडा उपमहानगरपालिका १ का वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको विषयमा शुक्रबार नेपाली कांग्रेस मकवानपुरले ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम राखेको...
नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा युनिट बनाइने
काठमाडौँ । इजरायल र इरान युद्धका कारण नेपाली नागरिकको उद्धारका लागि एक युनिट बनाइने भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त बैठकले युनिट बनाउने र सोही युनिटमार्फत् नेपाली नागरिकको सुरक्षा र उद्धारका सम्बन्धमा आवश्यक...
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ
पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई पक्राउ परेको छ । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव हाल बहुदरमाई नगरपालिकामा छन् । उनीहरुलाई बीरगञ्जबाट नियन्त्रणमा लिएको हो । पोखरिया नगरपालिकामा रहेका बेला योजना स्वीकृति र कर्मचारी नियुक्तिमा...
बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ
काठमाडौं। बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजायको फैसला भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर–२२ घर भएर छाउनी बस्ने ५२ वर्षीय प्रवणलाल सिंह छन् । उनलाई बिहीबार छाउनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीबिरुद्ध २१ लाख बिगो कायम...