समाचार

ग्रीन कार्डका लागि आवेदकले अमेरिका बाहिर गएर निवेदन दिनुपर्ने

अमेरिकी नागरिकता र आप्रवासन सेवाले नयाँ नीति जारी गर्दै ग्रीन कार्डका लागि आवेदन दिने अधिकांशले अमेरिका बाहिर आफ्नै देशबाट आवेदन दिनुपर्ने नीति ल्याएको छ । नीति अनुसार, अब आप्रवासीले अमेरिकाभित्रबाट स्थिति समायोजन गर्न सक्ने छैनन् । उनीहरुले आफ्नै देशमा कन्सुलर प्रकृया पूरा गर्नुपर्ने प्रावधान कडाइका साथ लागु गरिनेछ ।...

दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज

दुर्गा प्रसाईंलाई सरकारले गैरकानुनी रुपमा थुनामा राखेकोले सो थुनाबाट मुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतलाई न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले शुक्रबार बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको हो । रिट खारेज गरिएको भएपनि चार दिनभित्र अनुसन्धान...

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वः वैद्य र प्रधान विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिले पूर्णता पाएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत...

file photo

अब नयाँ सार्वजनिक सवारीसाधन दर्ता नहुने

सरकारले कुनै पनि नयाँ सवारीसाधन दर्ता नगर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको जनाएको छ । सबै प्रदेशका मन्त्रालय र स्थानीय सरकारहरुलाई पत्र पठाउँदै विभागले विद्युतीय सवारीसाधन समेत कुनै...

मीनबहादुर गुरूङले दान दिएको जग्गा फिर्ता गर्ने एमालेको निर्णय

नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने भएको छ । एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर गुरूङलाई कलंकीमा १० रोपनी १४ आना जग्गा दिएको र घर बनाउने भनेर शिलान्यास समेत गरेको प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेस गरेका थिए। २०८१ असोजमा व्यवसायी मीनबहादुर गुरूङले एमालेलाई १०...

विपक्षी अवरोधका बीच प्रतिनिधिसभा सञ्चालन, निर्वाचनसम्बन्धी अध्यादेश अगाडि बढाइँदै

विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभा बैठकको कारबाही अगाडि बढाएका छन् । पहिलो बैठकमा विपक्षीको अवरोधपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि पुनः सुरु भएको बैठकमा पनि विपक्षी सांसदहरूले नाराबाजी जारी राखेपछि सभामुख अर्यालले कार्यसूची अगाडि बढाएका हुन् । प्रतिपक्षी दलका सांसदहरू आ–आफ्नो...

क्यानाडा सरकारद्वारा टोरन्टोका १० व्यवसायलाई सहयोग गर्न ९० लाख डलर लगानीको घोषणा

टोरन्टो, ओन्टारियो । क्यानाडा सरकारले ग्रेटर टोरन्टो क्षेत्रका व्यवसायहरूलाई बजारमा प्रतिस्पर्धा गर्न, आधुनिकीकरण गर्न र उत्पादकत्व बढाउनका लागि ९० लाख डलर लगानी घोषणा गरेको छ । फेडरल इकोनोमिक डेभलपमेन्ट एजेन्सी फर साउदर्न ओन्टारियोमार्फत व्यापार अवरोध तथा भन्सार शुल्क (ट्यारिफ) बाट प्रभावित भएका १० वटा स्थानीय व्यवसायहरूलाई सुदृढ बनाउन करिब...

अख्तियार प्रमुख राई र एपिजी प्रतिनिधिमण्डलबीच भेटवार्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी एसिया प्यासिफिक ग्रुप अन मनि लाउण्डरिङ (एपिजी) का प्रतिनिधिहरूबीच विशेष भेटघाट भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा भएको भेटमा एपिजीको तर्फबाट डेलिगेसन प्रमुख डेविड सानन र पारस्परिक मूल्याङ्कन संयोजक किया सासलीको सहभागिता रहेको थियो...

प्रेस काउन्सिलको अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्त गरिंदै

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिलको अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ। यसका लागि तीस वर्ष पूरा भई ६५ वर्ष ननाघेको, कुनै विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरेको, प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम योग्यता भएको, वरिष्ठ अधिवक्ताको हकमा सोको प्रमाणपत्र पेश गर्नु पर्नेछ।...

प्रतिनिधिसभा बैठक ११ बजे बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित सभाहलमा बस्नेछ। आज बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाह (बालेन) को तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।...