समाचार
हेटौंडामा मेडिकल पसल बाहेक सबै पसल बन्द
मकवानपुर २४ साउन । नो पार्किङको विरोधमा हेटौंडाका मेडिकल बाहेकका पसलहरु व्यवसायीहरुले बन्द गरेका छन् । प्रशान र प्रहरीसहितको टोली संलग्न बैठकले मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको राजमार्ग क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेसँगै त्यसको विरोधमा व्यवसायीले मुख्य बजारमा रहेका आफ्ना पसलहरु बन्द गरेका हुन् । अहिले बजारका केहि मेडिकलहरुमात्र खुलेका...
अवैध रुपमा खाडी मुलुक जान खोजेका महिलाहरुलाई फर्काइयो
बाँके २४ साउन । अवैध रूपमा खाडी मुलुक जान खाजेका १६ जना नेपाली महिलाहरुलाई भारतको नयाँ दिल्लीबाट फर्काइएको छ । भारत हुँदै तेस्रो मुलुक जान लागेका उनीहरुलाई राजदुतावासको समन्वयमा भारतीय महिला आयोग बनारस प्रहरी तथा रेस्क्यू फाउण्डेशनको सहयोगमा फर्काइएको हो । खाडी मुलुक जान लागेका ती महिलालाई नयाँ दिल्लीको...
आज ‘मिस्टर भर्जिन’ यूनिट हेटौँडामा आउने
हेटौँडा, २४ साउन । नेपाली चलचित्र ‘मिस्टर भर्जिन’ को टोली चलचित्र प्रचार प्रसारका क्रममा हेटौँडामा आउने भएका छन् । पत्रकार सम्मेलनमा कलाकार कमलमणि नेपाल, गौरव पहारी, मरिष्का पोखरेल लगायतको उपस्थिती रहनेछ बताइएको छ । आज हेटौँडाको नोबल होटलमा दिउँसो साढे एक बजे पत्रकार सम्मेलन हुने बताइएको छ । भदौ...
समयमा पानी नपर्दा तेह्रथुममा २२ प्रतिशत रोपाई बाँकी
तेह्रथुम २४ साउन । समयमा पानी नपरेका कारण तेह्रथुममा खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत रोपाइँ सकिएको र २२ प्रतिशत रोपाइँ अझै बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । साउनको तेस्रो साता बित्दासमेत जिल्लाको कुल धान खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ७८ प्रतिशत जमिनमा मात्रै रोपाइँ भएको अनुमान गरिएको कार्यालयको जानकारी...
गोकियो तालमा बेपत्ता भएका नोर्वुको शव फेला पर्यो
काठमाडौं २४ साउन । सोलुखुम्बु जिल्लाको खुम्वु पासाङल्हामु गाउँपालिका स्थित गोकियो तालमा नुहाउने क्रममा डुवेर हराइरहेकाहरु मध्ये पेम्वा नोर्वु शेर्पाको शव बुधबार विहान सशस्त्र प्रहरी बल नेपालको गोताखोरले सो तालबाट निकालेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी नायव निरीक्षक रामचन्द्र खड्काको कमाण्डमा...
विक्की कार्की पहिलोपटक म्युजिक भिडियोमा
काठमाडौँ २४ साउन । दोलखाका विक्की कार्की पहिलोपल्ट ‘यो जिन्दगी’ नामक म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । उनलाई रेखा, सुमन र निरुताले अभिनयमा साथ दिएका छन् । केही वर्षअघि कुशल हिरो बन्ने आकांक्षा बोकी उनी राजधानी छिरेका हुन् । दोलखा तामाकोशी गाउँपालिका वडा नं १ तत्कालीन भीमकोट गाविस वडा...
आज विश्व आदिवासी दिवस, हेटौँडामा र्यालीसहित कार्यक्रम हुँदै
हेटौँडा, २४ साउन । आज अगष्ट ९ अर्थात विश्व आदिवासी जनजाति दिवस । विश्वभर छरिएर रहेका आदिवासी जनजातिहरुले सन् १९९३ देखि अगस्ट ९ तारिखका दिन ‘विश्व आदिवासी दिवस’ विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईदै आईरहेका छन् । यस अवसरमा मकवानपुरमा समेत मंगलबारदेखि नै ३ दिवशीय कार्यक्रम भइरहेको छ । आज...
“नो पार्किङ”को विरोधमा आज पनि हेटौंडा बजार बन्द
मकवानपुर २४ साउन । मकवानपुरको हेटौंडा बजारमा पर्ने राजमार्ग क्षेत्रमा बुधबारबाट “नो पार्किङ” सुरु गरिएपछि हेटोंडाका व्यवसायीहरुले आजपनि पसल बन्द गरेर विरोध जनाएका छन् । करिब डेढ महिना अघिबाट सुरु भएको “नो पार्किङ” को विषय विबादका कारण रोकिएकोमा बुधबारबाट फेरी सुरु भएको थियो । राजमार्गमानै पर्ने मुख्यबजार क्षेत्रहरु राप्तिरोड,...
‘नो पार्किङ’को बिरोधमा आज हेटौँडा बजार बन्द
मकवानपुर, २४ साउन । प्रशान र प्रहरीसहितको टोली संलग्न बैठकले मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको राजमार्ग क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेसँगै हेटौँडाका व्यवसायीले मुख्य बजारमा रहेका आफ्ना पसलहरु बन्द गरेका छन् । बैठकको निर्णय अनुसार हिजोबाट राप्तिरोड, मेनरोड, पिपलबोट लगायतका क्षेत्रमा पार्किङ निषेध गरिए पछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।...
नेकपाको मकवानपुरको नेतृत्वको विषयमा एमाले मकवानपुरको बैठक आज बस्दै
मकवानपुर २४ साउन । तत्कालीन नेकपा एमाले र माओवादी केन्दबिच एकताभएपछि बनेको नेकपा मकवानपुरको नेतृत्व कसले गर्ने भन्ने चासो मकवानपुरमा छ । सोहि विषयमा आज तत्कालीन नेकपा एमालेको सचिवालय बैठक समेत बसेर नेतृत्व चयनका विषयमा छलफल हुने एमाले स्रोतले जानकारी दिएको छ । एमालेबाट कस्ले नेतृत्व गर्ने र अन्य...









