समाचार

रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु

काठमाडौं । रोल्पा जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरुआत भएको छ । एमडिजिपी तहका चारजना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरुगरेसँगै अन्यत्र बिरामी रिफर गर्नुर्पे अवस्था अन्त्य भएको बताइएको छ । निकसाइमन्स इन्स्टिच्युटका सहयोगमा डा. रणबहादुर बोगटी सहित अन्य तीन चिकित्सकले सेवा सुरु गर्नुभएका अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए...

आज एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सो बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्ने उनले बताए ।...

एमाले मकवानपुर : १७ जना महाधिवेशन प्रतिनिधि छनौट

मकवानपुर । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट १७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत छानिएका छन् । ९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट राष्ट्रिय महाधिवेशनको लागि १ जना दलितसहित १७ जना प्रतिनिधि सर्वसम्मत छानिएका हुन् । आगामी कात्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनौटमा मकवानपुरका...

मकवानपुरमा बढ्दो सवारी दुर्घटना, प्रशासनद्वारा न्यूनीकरणको प्रयास

मकवानपुर । मकवानपुरमा बढ्दो सवारी दुर्घटना न्यूनिकरणको लागि जिल्ला प्रशासन कार्यालयले प्रयास थालेको छ । बढ्दो सवारी दुर्घटना न्यूनिकरणका विषयमा बिहिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सरोवालाहरुको बैठक बसी प्रयास थाल्ने निर्णय गरेको हो ।दुर्घटनामा मानवीय क्षति बढेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहीबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा सरोकारवालाहरुको...

प्रधानन्यायाधीश जबरालाई आज सर्वोच्च अदालत प्रवेश गर्न नदिने नेपाल बार एशोसिएसनको तयारी

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आज सर्वोच्च अदालत प्रवेश गर्न नदिने जनाएको छ । शान्तिपूर्ण आन्दोलनमा बिहीबार बल प्रयोग गरेको भन्दै एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई प्रवेश निषेध गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले आज सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश...

बागमती–२ मा कांग्रेसको वडा कार्यालय उद्घाटन

मकवानपुर । नेपाली कांग्रेसको बागमती गाउँपालिका वडा नम्बर २ मा वडा कार्यालय उद्घाटन भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नेता बानियाँले जनताले कम्युनिष्टलाई स्थानीय, प्रदेश र संघमा अत्याधिक बहुमत दिए पनि उनीहरू आफ्नै...

एमाले मकवानपुर : महाधिवेशन प्रतिनिधि छनौटको लागि उम्मेदवारी दर्ता

मकवानपुर । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि आगामी कात्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनौटको लागि मकवानपुरका ७३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनको लागि हुने महाधिवेशन प्रतिनिधि छनौटको लागि बिहिबार मकवानपुरका ७३ जनाले उम्मेदवारी दर्ता गराएको एमाले मकवानपुरले जनाएको छ । ९...

बागमतीमा थपिए दुई मन्त्री : आर्थिक मामिलामा जम्कट्टेल, स्वास्थ्यमा लामा, शपथ आजै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज (बिहिबार) मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले गठबन्धनको दुई जना प्रदेशसभाका सदस्यहरुलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा (माओवादी केन्द्र्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेल र कांग्रेस संसदीय दलका सचिव नीमा...

प्रदेश प्रमुखहरूको शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुले राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेपालको संविधानको धारा १६७ अनुसार प्रदेश नं का प्रमुख परशुराम खापुङ, कर्णाली प्रदेशका प्रमुख तिलक परियार र सुदूरपश्चिम...

थप ३१७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, योसँगै कुल संक्रमितको संख्या ८ लाख १६...