समाचार
राष्ट्रपतिको पहिलो तथ्याङ्क लिएर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्याङ्क विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय जनगणना– २०७८ को प्रारम्भ गरिएको हो । तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीको पहिलो तथ्याङक...
बाजुरामा दुई पुरूष मृत भेटिए
बाजुरा । बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन् । चदारा बूढीनन्दा नगरपालिका–५ विरसैनमा तथा कटुवाल बूढीगङ्गा नगरपालिका–८ रिठाबजार नजिकै बूढीगङ्गा नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले १२औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई जानकारी दिए । राष्ट्रिय जनगणनाजस्तो महान्...
सर्वोच्च अदालमा आज पनि तोकियो सबै खालका मुद्दामा पेसी
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्ण् । प्रधानन्यायाधीश राणाले नौ इजलासमा पेसी तोकेका हुन् । तीमध्ये एउटा पूर्ण इजलास, पाँच संयुक्त र तीन एकल इजलास रहेको छ । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन । यही...
सुनको मूल्य एक हजार ३०० ले बढ्यो
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले बढेको छ । सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज...
बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै
मकवानपुर । बागमती प्रदेशमा आज (बिहिबार) मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार, पाण्डेले माओवादी केन्द्र र कांग्रेसका एक/एक जना समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल...
बाढी प्रभावितलाई राहत उपलब्ध गराउन माग
जुम्ला । प्रदेशसभा सदस्य नरेश भण्डारीले गत असोज ३१ देखि परेको अविरल वर्षाका कारण यही कात्तिक २ गते जुम्लामा आएको बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । उनले भेरी तथा गिरी खोलामा आएको बाढीले तिला गाउँपालिका–४ जुम्लाको साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँ र तातोपानी गाउँपालिका ४ को गिरीखोला, नियापानी, ठाँटा,...
दुर्घटनामा लामाको मृत्यु
काठमाडौं । ललितपुरको ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान पौने ६ बजे ना ६ ख १९३३ नम्बरको ट्रकले बा ६७ प ४६८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकका २१ वर्षीय स्वप्निल लामा रहेको जिल्ला प्रहरी कार्यालय...
फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।...
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान
काठमाडौं । माध्यमिक शिक्षा परीक्षाको संचालन, समन्वय र व्यवस्थापनको काम गर्ने राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले बिहिबार सार्वजनिक सूचना प्रकाशित गरी आगामी मंसिर ९ गतेभित्र दरखास्त आह्वान गरेको हो । बोर्डका तत्कालीन अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको चार वर्षे...










