बागमती–२ मा कांग्रेसको वडा कार्यालय उद्घाटन
मकवानपुर । नेपाली कांग्रेसको बागमती गाउँपालिका वडा नम्बर २ मा वडा कार्यालय उद्घाटन भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नेता बानियाँले जनताले कम्युनिष्टलाई स्थानीय, प्रदेश र संघमा अत्याधिक बहुमत दिए पनि उनीहरू आफ्नै पदका लागि मात्रै हानाथाप गरेको बताए ।
उनले एमाले अध्यक्ष केपि शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ध्वस्त पार्न खोजेकाले यसको संरक्षणका लागि गठबन्धन गरेर कांग्रेसले सरकारको नेतृत्व लिएको बताए । कम्युनिष्टहरूले कुरा मात्रै गर्ने तर काम नगर्ने बताउँदै नेता बानियाँले कांग्रेसले आफुले प्रतिवद्धता गरेका काम पूरा गरेर जनताको हित गरिरहेको बताए । उनले जनताको भविष्य कांग्रेससंग र कांग्रेसको भविष्य जनतासंग रहेको बताउँदै कांग्रेसले सधैं जनताको पक्षमा काम गरेको बताए ।

वडा सभापति छबिलाल बोम्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, रिता खनाल, महासमिति सदस्य धर्म लामिछाने, जिल्ला सदस्यहरू शेरबहादुर लामा, चोकबहादुर ठाडा, ईन्दिरा न्यौपाने, सुशान्त श्रेष्ठ, दोर्जे लामा स्याङ्तान, क्षेत्रीय सभापति तारानाथ चौलागाईं, डिल्ली घोरासाइनी, क्षेत्रीय सचिव सुवात थिङ, बागमती गाउँपालिका सभापति फणीन्द्र तिमल्सिना, हेटौंडाका निवर्तमान नगर सभापति आनन्दराम पराजुली, बागमती गाउँपालिकाका निवर्तमान सभापति भक्तबहादुर राई, निर्वाचित जनप्रतिनिधि, नगर, गाउँ, वडाका प्रतिनिधि, भातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा नम्बर २ मा नेकपा एमालेबाट वडा सदस्यका उम्मेदवार रहेका लक्षु पहरी, हाजिरमान स्याङतान, बिखे पहरी, श्रीकृष्ण पहरी, फुलमति राई, सिता राई, याकुमाया आले, रोशण पहरी, निरबहादुर मोक्तान र नेकपा माओबादीबाट श्याम राई र सुकुमाया राईसहित १४८ जना कांग्रेस प्रवेश गरेका छन् । त्यस्तै, वडा नम्बर ८ बाट ३०, वडा नम्बर ४ बाट ४४ जना वडा नम्बर १ बाट ७८ जना नेकपा एमाले, माओवादी र राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गरेको बागमती गाउँपालिका सचिव सुदिप पाख्रिनले जानकारी दिए । उनीहरूलाई प्रमुख अतिथि बानियाँले स्वागत गरेका हुन् ।

