प्रदेश प्रमुखहरूको शपथ

तु खबर संवाददाता
२०७८ कार्तिक २५, बिहीबार १७:४८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुले राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेपालको संविधानको धारा १६७ अनुसार प्रदेश नं का प्रमुख परशुराम खापुङ, कर्णाली प्रदेशका प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले राष्ट्रपतिसमक्ष शपथ लिएका हुन् । त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित थिए ।