एमाले मकवानपुर : महाधिवेशन प्रतिनिधि छनौटको लागि उम्मेदवारी दर्ता
मकवानपुर । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि आगामी कात्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनौटको लागि मकवानपुरका ७३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनको लागि हुने महाधिवेशन प्रतिनिधि छनौटको लागि बिहिबार मकवानपुरका ७३ जनाले उम्मेदवारी दर्ता गराएको एमाले मकवानपुरले जनाएको छ ।
९ हजार २ सय ६८ जना संगठित सदस्य रहेको एमाले मकवानपुरबाट यो पटक राष्ट्रिय महाधिवेशनको लागि १ जना दलित कोटासहित १७ जना प्रतिनिधि बन्दैछन् । जिल्लाको क्षेत्र नम्वर १ बाट कम्तिमा २ महिला (अनिवार्य) सहित ६ जना (खुल्ला कोटा) गरि ८ जना प्रतिनिधि हुनेछन् भने क्षेत्र नम्वर २ बाट पनि क्षेत्र नम्वर १ कै जस्तै ८ जना छनौट हुँदैछन् ।
१७ जना प्रतिनिधिको लागि क्षेत्र नम्वर १ मा ८ जना प्रतिनिधि खुल्ला कोटामा ३१ जना पुरुषको र २ जना महिला अनिवार्य कोटामा १० जना महिलाको उम्मेद्वारी परेको छ भने क्षेत्र नम्वर २ मा ८ जना प्रतिनिधि खुल्ला कोटामा २१ जना पुरुष र २ जना महिला कोटामा ८ जना महिलाको उम्मेदवारी परेको छ । यसैगरी १ जना दलित प्रतिनिधि कोटामा ३ जनाको उम्मद्वारी परेको छ ।
उम्मेदवारी फिर्ताको लागि भोलि कात्तिक २६ गते बिहान १० बजेसम्म समय निर्धाण गरिएको एमाले मकवानपुरले जनाएको छ । एमाले मकवानपुरका अनुसार, प्रतिनिधि छनौटमा सर्वसम्मत सहमतिको प्रयास भईरहेको र सहमति हुन नसकेको खण्डमा भने कात्तिक २७ गते निर्वाचन मार्फत टुङ्गो लगाईने छ ।
