समाचार
यस्तो रहने छ आजको मौसम
मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूûभागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा...
बागमतीमा वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु
मकवानपुर । बागमती गाउँपालिकामा वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता मंगलबारबाट शुरु भएको छ । वडा नम्वर ४ झुरझुरेको खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताको मंगलबार बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गरेकी छिन् । फुटबल खेलाडी उत्पादन गर्र्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।...
हेटौंडामा सवारी दुर्घटना, रिजालको मृत्यु
मकवानपुर । बोलेरो गाडिको ठक्करबाट मकवानपुरका एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ हनुमानगेट नजिकै पथलैयाबाट हेटौंडातर्फ आइरहेको ना ३ च ११९३ नम्वरको भैंसी बोकेको बोलेरो गाडिले आज राति १२ः४५ बजेको समयमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ३४ प ६०४४ नम्वरको मोटरसाइकललाई ठक्कर...
हेटौंडामा तीन दिने विज्ञान लेखन तालिम समापन
मकवानपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले हेटौंडामा आयोजना गरेको तीन दिने विज्ञान लेखन तालिम मंगलबार सम्पन्न भएको छ । मकवानपुरका विभिन्न सञ्चारमाध्यममा आबद्द रहेका पत्रकारलाई विज्ञान, वनस्पती अनुसन्धान र विज्ञान क्षेत्रमा पत्रकारिताको माध्यमबाट चलाइने कलम र समाचार लेखन विषय सम्बन्धि लेखन वृद्धि तालिम प्रदान गरिएको...
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
जनकपुरधाम । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । प्रदेश २–०३–००४ प ९५३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । दुर्घटनामा परेर इश्वरपुर–१२ का २२ वर्षीय सुरज मुर्मथान मगर र सोही ठाउँका मुकेश निमेलको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ । ईश्वरपुर नगरपालिका१२...
नागढुङ्गा सुरुङमार्ग निर्माण २३ प्रतिशत सकियो
काठमाडौँ । नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ । जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको आयोजना एकडेढ महिनादेखि सुस्तगतिमा अघि बढेको छ । दसैँ,...
पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५०५ पीसीआर र २ हजार ६४४ जनाको एन्टीजेन परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार...
विद्युत उत्पादन नहुँदा जलाशय भरिएर कुलेखानीमा ‘ओभर फ्लो’ (फोटो फिचर)
मकवानपुर । मानव निर्मित इन्द्रसरोवर ताल (कुलेखानी जलाशय) भरिएर ओभर फ्लो भएको छ । २०७२ सालपछि पहिलो पटक ३ सय मिटर चौडाइ, ७ किलोमिटर लम्बाइ र ८ करोड ५३ लाख घनमिटर क्षमताको कुलेखानी जलाशय भरिएर ओभर फ्लो भइरहेको हो । जलाशयबाट ३ वटा जलविद्युत आयोजना सञ्चालन भइरहेको छ ।...
बागमतीबाट विप्लवका ५० जना कार्यकर्ता पक्राउ
मकवानपुर । बागमती प्रदेशको विभिन्न स्थानबाट प्रहरीले विप्लवका ५० जना कार्यकर्ता पक्राउ गरेको छ । प्रदेशको काठमाडौं उपत्यका बाहेकका १० जिल्लामा बन्द गराउँदै हिँडेका केही व्यक्तिलाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव माहानिरीक्षक प्रकाशजङ्ग कार्कीका अनुसार, बन्द कार्यान्वयन गराउन...
हेटौंडामा फेला परेको शवको अझै पहिचान खुल्ल सकेन, प्रहरीद्वारा फोटो सार्वजनिक
मकवानपुर । मकपानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टि क्याम्पस ) नजिकै सोमबार फेला परेको शवको पहिचान खुल्न नसकेपछि मकवानपुर प्रहरीले फोटो सार्वजनिक गरेको छ । सोमबार साँझ उक्त स्थानमा फेला परेको एक पुरुषको शवको पहिचान हुन नसकेपछि फोटो सर्वाजनिक गरिएको जिल्ला प्रहरी कार्यालय...










