बागमतीमा वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु

तु खबर संवाददाता
२०७८ मंसिर १,बुधबार ०८:०८

मकवानपुर । बागमती गाउँपालिकामा वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता मंगलबारबाट शुरु भएको छ । वडा नम्वर ४ झुरझुरेको खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताको मंगलबार बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गरेकी छिन् । फुटबल खेलाडी उत्पादन गर्र्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको पहिलो खेल आयोजक र वडा नम्वर १ बोटगाउँबीच भएको थियो । आयोजकले वडा नम्बर १ बोटगाउँलाई ४ : १ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भएको हो । प्रतियोगिताको विजेता हुने टिमले नगद ६० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ३० हजार शिल्ड मेडल, मेडल र प्रमाण पत्र र सर्वोच्कृष्ट खेलाडिलाई नगद २ हजार र विधागत तर्फ ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।