समाचार
प्रशासनले निर्धारण गरेकोे भाडाप्रति जिप व्यवसायीको आपत्ती
बाजुरा । जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको सार्वजनिक भाडादरप्रति जिप व्यवसायीले आपत्ति जनाएका छन् । मार्तडी–कोल्टी र कवाडीसम्मको भाडा दर प्रशासनले व्यवसायीहरुको पीडालाई दृष्टिगत नगरी मनोमानी ढङ्गले निर्धारण गरेको भन्दै यातायात व्यवसायीले आपत्ति जनाएका हुन् । जिल्ला प्रशासन कार्यालयले कात्तिक २२ गते जिल्लाका सम्पूर्ण सडकमा सञ्चालन हुने सार्वजनिक सवारी...
प्रचण्डद्वारा सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुने विश्वास व्यक्त
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नै सर्वोच्च अदालतमा देखिएको विवादको समाधान हुने विश्वास व्यक्त गरेका छन् । अदालतमा देखापरेको विवादबारे ध्यानाकर्षण भएको बताउँदै उनले सो समस्या चाँडै समाधान होस् भन्ने अपेक्षा राखेको बताए । महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा...
भारतबाट नगद र गरगहना चोरी गर्ने दुई नेपाली पक्राउ
काठमाडौं । भारतबाट नगद र गरगहनालगायत सामान चोरी गरेर ल्याएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा नेपाल प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ पटैयास्थित लालबहादुर शाहीको घरबाट गरगहना बरामद गरी दुई जनालाई पक्राउ गरेको हो। उनीहरूलाई मंगलबार पक्राउ गरिएको थियो।...
आजदेखि ई–पासपोर्ट जारी गर्न सुरु
काठमाडौं । सरकारले आज (बुधबार) देखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्न सुरु गरेको छ । राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले ई–पासपोर्टलाई सुरक्षित...
तालिम केन्द्र कामविहीन
वीरगञ्ज । प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयअन्तर्गत बाराको पथलैयास्थित प्रदेश स्वास्थ्य तालिम केन्द्र पछिल्लो समय कामविहीन जस्तै बनेको छ । विशेषगरी स्वास्थ्यकर्मीलाई विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन गर्ने उद्देश्यले स्थापित उक्त केन्द्र पछिल्लो एक वर्षयता कोभिड–१९ का कारण भौतिक उपस्थितिमा विविध प्रकारका तालिम हुन नसक्दा केन्द्र कामविहीन...
राप्रपा बागमतीको अध्यक्षमा थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश अध्यक्षमा बिक्रमबहादुर थापा सर्बसम्मत चयन भएका छन् । काठमाडौंमा आइतबार सम्पन्न प्रदेश अधिवेशनले पुर्व मन्त्री थापाको अध्यक्षतामा ३४ सदस्यीय प्रदेश कार्य समिति चयन गरेको हो । सो प्रदेश समितिमा चितवनका माधव भट्टराई, ज्ञानुजंग लामा चयन भएका छन् । दिपेन्द्र रेग्मी, लक्ष्मी...
गण्डकीमा कर्मचारी सूचना प्रणाली लागू
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कर्मचारीको सरुवा–बढुवामा एकरुपता आउने लक्ष्यका साथ कर्मचारी सूचना प्रणाली सुरु गरिएको बताएका छन् । गण्डकी प्रदेश सरकारले लागू गरेको कर्मचारी सूचना प्रणालीको मङ्गलबार शुभारम्भ गर्दै उनले सूचना प्रणाली लागू भएसँगै प्रदेशअन्तर्गतका प्रत्येक कर्मचारीको व्यक्तिगत वितरण तयार गरिने जानकारी दिए । प्रदेशस्तरमा...
थारू समुदायलाई मेडरी नाच लोप हुने चिन्ता
नवलपरासी । पूर्वी नवलपरासीमा थारू समुदायको बाहुल्यता छ । थारू समुदायको आफ्नै मौलिक कला र संस्कृति छ । ती कला र संस्कृतिको जगेर्ना गर्न थारू समुदायका अगुवाले पहल गर्दै आएका छन् । यति गर्दागर्दै पनि उनीहरुको पुरानो मेडरी नाच लोप हुने अवस्थामा छ । थारू समुदायका अन्य नाच युवापुस्ताले...
एमाले नेता भट्टराई आज मनहरी आउने
मकवानपुर । मकवानपुरको मनहरीमा आज नेकपा एमाले प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराई आउने भएका छन् । बिहीबार नेकपा एमाले मनहरीको गाउँकमिटीको सपथ ग्रहण गराउन भट्टराई बुधबार मनहरीमा आउने कार्यक्रम तय भएको नेकपा एमाले मकवानपुरले जनाएको छ । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा जानकारी दिन बुधबार चितवनमा आयोजना हुने...
प्रदेशको पहिचानका लागि विश्वविद्यालय : मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले गण्डकी विश्वविद्यालयले आफ्नो स्रोत साधनको भरपुर उपयोग गर्दै देशका अन्य विश्वविद्यालयभन्दा फरक पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कार्यपत्रको सङ्गालो ‘कन्फरेन्स प्रोसिडिङ्स’को मङ्गलबार पोखरामा विमोचन गर्दै उनले थुप्रै बहसका बीच सरकारले आफ्नै विश्वविद्यालय स्थापना...









