मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

तु खबर संवाददाता
२०७८ कार्तिक ३०, मंगलवार १७:२३

जनकपुरधाम । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । प्रदेश २–०३–००४ प ९५३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । दुर्घटनामा परेर इश्वरपुर–१२ का २२ वर्षीय सुरज मुर्मथान मगर र सोही ठाउँका मुकेश निमेलको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका१२ घारीबथानस्थित भित्री सडक खण्डमा आफैं अनियन्त्रित भई रुखमा ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका मगरलाई उपचारको लागि गढीमाई अस्पताल लालबन्दी लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । यस्तै दाहिने तिघ्रा भाँचिएर टाउकोमा गम्भीर चोट लागेका निमेललाई नेशनल मेडिकल कलेज वीरगञ्ज पठाउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।