समाचार

मोटरसाइकल दुर्घटना हुँदा मृत्यु

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही छन् । बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको...

धितोपत्र बोर्ड अध्यक्षको लागि ११ जनाको आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ११ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम बिहिबारसम्म ११ जनाले आवेदन दिएको अर्थ मन्त्रालय स्रोतले जनाइएको छ । अध्यक्ष छनोट सिफारिस समिति संयोजक तथा योजना आयोग उपाध्यक्ष डा.विश्व पौडेलकै प्रस्तावअनुसार अनिल पौडेलले आवेदन दिएका छन् । यसैगरी, बोर्डकै कार्यकारी...

फाउण्डेशनद्वारा घर निर्माणमा सहयोग

सिन्धुपाल्चोक । सामाजिककार्यमा सक्रिय हिमालयन फाउण्डेशन कर्प न्यूयोर्क एण्ड क्यालिफोर्नियाले हेलम्बुका बाढीपीडितका लागि १० घर निर्माण गरिदिने भएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीको आतिथ्यतामा बुधबार हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पा र हिमालयन फाउण्डेशनका संस्थापक यज्ञलाल श्रेष्ठबीच सो सम्झौतापत्रमा यहाँ हस्ताक्षर भयो । प्रतिघर रु चारलाख खर्च...

लागुऔषधसहित दुई युवक पक्राउ

लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–४ बाट लागुऔषधसहित २८ वर्षीय अनिथा महरालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका महराको साथबाट १०० ग्राम गाँजा र नाइट्रोभेट १० लेखेको ट्याबलेट १५० पिस बरामद भएको जिल्ला...

संसद् बाहिर बनेका ८० प्रतिशत कानुनबारे सदन बेखबर

काठमाडौँ । मुलुकको कानुन बनाउने प्रमुख जिम्मेवारी संसद्को भएता पनि नेपालमा भने ८० प्रतिशतभन्दा बढी कानुन अझै पनि कार्यपालिका मातहतका निकायले बनाउने गरेको पाइएको छ । कुन प्रयोजनका लागि ती कानुन कहाँ बनाइएको, कहाँ दर्ता हुन्छ, त्यसको ठिक सदुपयोग भए÷नभएको भन्ने पनि यकिन लेखाजोखा नै पाइन्न । प्रत्यायोजित व्यवस्थापन...

सांसद पाण्डेयद्वारा पारिश्रमिक विकास निर्माणमा खर्च

काठमाडौं । पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलब भत्ता जिल्लाको विकास निर्माण खर्च गर्ने घोषणा गरेका छन् । तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने “जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्छु । ”...

रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु

काठमाडौं । रोल्पा जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरुआत भएको छ । एमडिजिपी तहका चारजना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरुगरेसँगै अन्यत्र बिरामी रिफर गर्नुर्पे अवस्था अन्त्य भएको बताइएको छ । निकसाइमन्स इन्स्टिच्युटका सहयोगमा डा. रणबहादुर बोगटी सहित अन्य तीन चिकित्सकले सेवा सुरु गर्नुभएका अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए...

आज एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सो बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्ने उनले बताए ।...

एमाले मकवानपुर : १७ जना महाधिवेशन प्रतिनिधि छनौट

मकवानपुर । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट १७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत छानिएका छन् । ९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट राष्ट्रिय महाधिवेशनको लागि १ जना दलितसहित १७ जना प्रतिनिधि सर्वसम्मत छानिएका हुन् । आगामी कात्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनौटमा मकवानपुरका...

मकवानपुरमा बढ्दो सवारी दुर्घटना, प्रशासनद्वारा न्यूनीकरणको प्रयास

मकवानपुर । मकवानपुरमा बढ्दो सवारी दुर्घटना न्यूनिकरणको लागि जिल्ला प्रशासन कार्यालयले प्रयास थालेको छ । बढ्दो सवारी दुर्घटना न्यूनिकरणका विषयमा बिहिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सरोवालाहरुको बैठक बसी प्रयास थाल्ने निर्णय गरेको हो ।दुर्घटनामा मानवीय क्षति बढेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहीबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा सरोकारवालाहरुको...