समाचार
बीउ व्यवसायी संघ र औषधि व्यवसायीको संघको अधिवेशन सम्पन्न
मकवानपुर । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । हेटौंडामा शनिबार भएको अधिवेशनमा वक्ताहरुले बीउ बिजन देशको अर्थतन्त्रसँग जोडिएको विषय भएको बताउँदै नेपाल आफै बीउ बिजनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बीउ व्यवसायी संघका केन्द्रीय...
पुष्पलाल पार्क व्यवस्थापन समितिको अध्यक्षमा भेटवाल
मकवानपुर । हेटौंडास्थित पुष्पलाल स्मृति शान्तिपार्क व्यवस्थापन समितिको अध्यक्षमा गणेश भेटवाल चयन भएका छन् । शनिबार पार्क परिसरमा आयोजित साधारणसभाले भेटवालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रिटबहादुर खत्री,सचिवमा सानुकाजी पाण्डे, सहसचिवमा पूर्णप्रसाद अर्याल र कोषाध्यक्षमा विष्णुकुमारी बस्नेत चयन भएका छन् । पार्क व्यवस्थापन समितिका...
सौर्य ऊर्जाबाट बिजुली निकाल्दै गुठीचौर
खलङ्गा । जुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट बिजुली निकाल्ने भएको छ । वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जाबाट बिजुली निकाल्न थालिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । उनले भने , “वडाभित्र रहेका झण्डै दुई सय घरधुरीलाई बिजुलीको पहुँचमा ल्याउनका लागि सौर्य ऊर्जाबाट बिजुली बाल्न लागिएको हो ।...
पचालझरनामा पदमार्ग बन्दै
कालिकोट । कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–३ खार्दुमा रहेको पचालझरना जानका लागि रु तीन करोड ३१ लाखको लागतमा पदमार्ग बनाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा सो पदमार्ग बन्न लागेको हो । नेपालकै ३८१ मिटर अग्लो उक्त झरनासम्म जानका लागि पदमार्ग बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष...
करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई रु १६ लाख क्षतिपूर्ति
दमौली । करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो । बिहीबार रानाको...
विवाह पञ्चमीको तयारी
धनुषा । जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवका लागि तयारी थालिएको छ । आगामी मङ्सिर १७ गते आयोजना हुने महोत्सवलाई भव्य बनाउनका लागि तयारीमा जुट्न मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले आग्रह गरेका छन् । उनले विवाह पञ्चमीमा विभिन्न स्थानबाट पाहुना आउने र यसका लागि उपमहानगरले सरसफाइमा...
लमजुङमा आगामी पुस १२ गतेदेखि २९ औँ त्रिवेणी कप हुँदै
लमजुङ । जिल्लाकै ठूलो राशि भएको २९ त्रिवेणी कप प्रतियोगिता बेँसीसहरमा आगामी पुस १२ गतेदेखि सञ्चालन हुने भएको छ । बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा त्रिवेणी युवा क्लबको आयोजनामा २९औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक क्लवले आज पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिताबारे जानकारी...
प्रतिनिधि छान्दै एमाले, समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गरेका छन् । महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको मिति तय भएको सन्दर्भमा अध्यक्ष ओलीले आज सन्देश जारी गर्दै दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हुने भएकाले यसलाई लोकतन्त्रकै...
सामुदायिक विद्यालय अब्बल बनाउन विद्यालय बस हस्तान्तरण
गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले पहिलो पटक सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाभित्रका दुई वटा सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता९दीपक०ले राससलाई जानकारी...
एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाइ
पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माणमा ढिलाई भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको काम एकदमै सुस्त गतिमा भइरहेको छ । एक वर्षमा १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना...