समाचार
शरद ओझाको मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले गत असार ३० गते सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । उक्त रिट सर्वोच्च अदाचलतका न्यायाधीश मनोज कुमार शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो । आज उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको...
सिन्धुलीमा १६ जनाको सिंगो परिवार नै बेपत्ता
काठमाडौं । सिन्धुलीमा एउटै घरबाट १६ जना आइतबारदेखि हराएका छन्। सिन्धुलीको गोलाञ्जोर गाउँपालिका–६ बागेश्वरका १६ जना सदस्य भएको सिंगै परिवार नै सम्पर्कविहीन भएको हो। वडाध्यक्ष रबिन श्रेष्ठका अनुसार घरका वस्तुभाउ यत्तिकै छाडेर उनीहरू घरबाट बेपत्ता भएका छन्। सिन्धुली प्रहरीले यसबारे बुझ्ने काम गरिरहेको प्रहरीले जानकारी दिएको छ। स्थानीयले आइतबारदेखि...
देशका मुख्य १३ राजमार्ग अवरुद्ध
काठमाडौं । वर्षासँगै देशका अधिकांश स्थानका मुख्य राजमार्गहरु अबरुद्ध बनेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार देशभरीका १३ वटा राजमार्ग अवरुद्ध रहेको जनाएको हो । हाल काठमाडौं–नुवाकोट, कोशी राजमार्ग, नेपाल र चिन नाका जोड्ने पुल, पासाङ ल्हामु सडक खण्ड, अरनिको राजमार्ग, मध्य–पहाडी लोकमार्ग, कालिगण्डकी राजमार्ग लगायत मुख्य...
जर्मनीमा रेल दुर्घटनामा परी तीन जनाको मृत्यु, कैयौं घाइते
काठमाडौं । दक्षिण–पश्चिम जर्मनीको रिडलिंगेन नजिक एक यात्रुबाहक रेल दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति गम्भीर घाइते भएका छन्। जर्मन प्रहरीका अनुसार दुर्घटना स्थानीय समय अनुसार आइतबार साँझ ६ः१० बजे भएको हो। डोइचे बान रेल सेवा प्रदायक कम्पनीले रेल ‘अज्ञात कारण’ ले दुर्घटना भएको...
संसदका पाँच संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज सोमबार संघीय संसदअन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । मानव अधिकारसम्बन्धी...
प्राधिकरणका कार्यकारी निर्देशक शाक्य चितवनमा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन गएका छन् । त्यहाँका विभिन्न स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएपछि शाक्य आफै चितवन तर्फ गएका हुन् । चितवनको चनौली सबस्टेशनले विद्युत् कटौती हुने बारेको सूचना प्रकाशित गरेपछि लोडसेडिङ गरेको भन्दै प्राधिकरणको आलोचना भइरहेको छ । चितवनमा पछिल्लो समयमा टाँडी,...
डलरको भाउ स्थिर, अरु मुद्राको कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहँदै एक डलरको खरीददर १३८.१३ रुपैयाँ र बिक्रीदर १३८.७३ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९०.७० रुपैयाँ र बिक्रीदर ९१.१० रुपैयाँ र १० जापानिज येनको खरीददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ कायम भएको...
पूर्वी कंगोको क्याथोलिक चर्चमा इस्लामिक स्टेट समर्थित विद्रोहीको आक्रमण: ३४ जनाको मृत्यु
पूर्वी कङ्गोको इटुरी प्रान्तमा रहेको कोमान्डा सहरको एक क्याथोलिक चर्चमा आइतबार बिहान इस्लामिक स्टेट समर्थित अलाइड डेमोक्रेटिक फोर्स विद्रोही समूहले आक्रमण गर्दा कम्तीमा ३४ जनाको ज्यान गएको छ। विद्रोहीहरूले बिहान करिब १ बजे चर्चमा आक्रमण गरेपछि स्थानीय बासिन्दामाथि गोली प्रहार साथै घर र पसलहरूमा आगजनी गरे। घटनास्थलको भिडियोमा जलेका...
देशभर मनसुनी प्रभाव सक्रिय, पहाडी क्षेत्रहरूमा भारी वर्षाको सम्भावना
काठमाडौं— हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले सोमबार दिउँसो देशभर सामान्य बदली हुने पूर्वानुमान गरिएको छ। गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी भू-भागमा तथा केही तराई क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित...
सुख्खा संकटग्रस्त मधेश प्रदेशको राहतमा तत्काल जुट्न ऊर्जामन्त्री खड्काको निर्देशन
काठमाडौं । सरकारद्वारा मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिएलगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई ढिलाइ नगरी तत्काल राहतको उपाय अबलम्बन गर्न निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा आयोजना गरिएको आपतकालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका सचिवहरु...










