समाचार
किन दर्ता भयो बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्ताव ?
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्ध अहिले अविश्वासको प्रस्ताव दर्ता भएको छ । २१ जना सांसदले लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनी संसदीय दलको नेताबाट पदमुक्त हुने छन्, केही दिन पर्खनु पर्ला त्यो फरक कुरा हो । बागमतीमा...
नेपाली समुदायको हितको लागि मेरो उम्मेदवारी: भट्टराई
दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको दशौं महाधिवेशन शनिबार र आइतबार हुँदैछ । भोलि शनिबार अधिवेशनको उद्घाटन हुने जनाइएको छ । आइतबार भने नयाँ नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा हुँदैछ। नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष हरीप्रसाद भट्टराई र वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तानबीच प्रतिस्पर्धा हुँदैछ ।...
शेयर लगानीकर्ता दीपेन्द्र अग्रवालको हिरासत अवधि थप चार दिन लम्बियो
सेयर कारोबारको नाममा ठगी र विश्वासघातको आरोप लागेका दीपेन्द्र अग्रवालको हिरासत अवधि काठमाडौं जिल्ला अदालतले थप चार दिनका लागि लम्ब्याएको छ। शुक्रबार अदालतले अनुसन्धानका लागि उनलाई पुनः चार दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो। गत सोमबार टोखाबाट पक्राउ परेका अग्रवाललाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि पहिलोपटक तीन दिनको म्याद...
क्यानडामा रोजगारी दिलाइदिने प्रलोभन देखाएर ६५ लाख ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबसहित क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति गोरखाको पालुङटार नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ मा बसोबास गर्दै आएका ३७ वर्षीय रविन आचार्य हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आचार्यले क्यानडामा...
दलको नेताबाट हटाउन बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
हेटौंडा । मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई सो दलको नेताबाट हटाउन नेपाली काँग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । चालु वर्षको बजेट निर्माण गर्दा चरम विवाद भएको र लामाको नेतृत्वका कारण यस्तो स्थिति आएकोमा रुष्ठ भएका नेपाली काँग्रेसका २१ जना साँसदहरुले...
बागमती प्रदेशमा काँग्रेसबाट मन्त्री भएका चार दिए जनाले दिए राजीनामा
हेटौंडा । नेपाली काँग्रेसका तर्फबाट बागमती प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीहरुले आफ्नो पदबाट राजीनामा दिएका छन् । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री बहादुर सिंह...
काठमाडौंमा सार्वजनिक स्थलमा धुम्रपान गरे ५ सय, अवैध पार्किङ गरे ५ हजारसम्म जरिवाना
काठमाडौं । अब काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलमा धुम्रपान गर्दा प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना लाग्ने भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि हालै सम्पन्न नगरसभाबाट पारित आर्थिक विधेयकमार्फत महानगरपालिकाले यो व्यवस्था गरेको हो। नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सार्वजनिक स्थलमा अत्यधिक धुम्रपान भइरहेको र यसबारे जनगुनासो...
राष्ट्र बैंकले छाप्ने भयो ४२ करोड थान ५० रुपैयाँ दरको नयाँ नोट
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइको प्रक्रिया अगाडि बढाएको छ। बैंकले आज (शुक्रबार) एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय स्तरबाट नोट छपाइका लागि इच्छुक कम्पनीहरूलाई बोलपत्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ। केन्द्रीय बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्ने तयारी गरेको हो।...
हिमालयन बैंकको एफपीओ मंगलबार बाँडफाँड हुँदै
काठमाडौं । हिमालयन बैंकले निष्काशन गरेको एफपीओ आगामी मङ्गलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार साउन १३ गते मङ्गलबार एफपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो। एफपीओको आज प्रि अलोटमेन्ट सकिएको छ। प्रि अलोटमेन्ट र अलोटमेन्टको बीचमा २ दिन हुनु पर्ने पछिल्लो व्यवस्था छ। यस कारण...
गुणस्तरीय काम नगरेका ८ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेका छन्। सार्वजनिक निकायहरूको सिफारिसमा ती कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि सरकारी ठेक्काबाट प्रतिबन्ध लगाइएको हो। वीरगञ्जस्थित जीबी मेटल क्राफ्ट इन्डष्ट्रिजलाई सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको सिफारिसमा तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। बाँकी सातवटा निर्माण कम्पनीलाई एक...










