समाचार
राष्ट्रपति र सभामुखबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भेट गरेका छन् । सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा सभामुख घिमिरेले राष्ट्रपतिलाई जानकारी गराएका छन् । राष्ट्रपति निवास शीतल निवासमा भएको भेटमा जेनेभामा हुने विश्व सम्मेलनबारे जानकारी गराएका हुन् । सभामुख घिमिरे...
स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीले चारगुणासम्म रकम तिर्नुपर्ने
काठमाडौं । सरकारले समयमै स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीलाई चारगुनासम्म रकम तिर्नुपर्ने नीति ल्याएको छ । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८२ अनुसार नवीकरणको म्याद छुटाउनेले अब सुविधाको साटो आर्थिक भार बेहोर्नुपर्नेछ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले स्वीकृत गरेको संशोधित अनुसूचीअनुसार बीमा म्याद सकिएको तीन...
गाजा युद्धबीच फ्रान्सको ऐतिहासिक घोषणा प्यालेस्टाइनलाई आधिकारिक मान्यता
गाजामा जारी युद्ध र इजरायली कारबाहीप्रति विश्वव्यापी आलोचना चुलिँदै गइरहेका बेला फ्रान्सले प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने निर्णय गरेको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार घोषणा गरे अनुसार, फ्रान्सले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिनेछ। राष्ट्रपति म्याक्रोनले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै भने, “मध्यपूर्वमा न्यायपूर्ण र...
परिषद्को कोषाध्यक्ष पदमा चौलागाईंको उम्मेदवारी
गैरआवासीय नेपाली संघ उत्तर क्षेत्र (एनटी), अष्ट्रेलिया राज्य समन्वय परिषद् कोषाध्यक्ष पदमा इशान चौलागाईंले उम्मेदवारी घोषणा गरेका छन् । २०२५ देखि २०२७ सम्मको २ वर्षे कार्यकालको लागि चौलागाईले उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि युथ टिम सदस्यको रुपमा रहेका चौलागाईंले पारदर्शी र जवाफदेही भएर जिम्मेवारी निर्वाह गर्ने समेत प्रतिवद्धता...
विप्लव र माधब नेपालबीच भेटवार्ता
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच भेटवार्ता भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय काठमाडौंमा भएको भेटमा विप्लव र नेपालबीच कुराकानी भएको हो । समाजवादी मोर्चाको वैठक तथा समसामयिक राजनीतिक विषयमा कुराकानी गर्न उनीहरुको भेट भएको हो...
क्यानको ३१ अर्ब ४० करोडको बजेट, खर्च घटाउने तयारी
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ३१ अर्ब ४० करोड ४७ लाखको बजेट विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा क्यानको बजेट यस वर्ष रु २ अर्ब ७१ करोड ६९ लाखले घटेको छ । अघिल्लो वर्ष क्यानले रु ३४...
कम्बोडिया र थाइल्याण्डबीचको विवादले उग्र रुपले लिँदै
काठमाडौं । कम्बोडियाले थाइल्याण्डमा रकेट प्रहार गरेको छ। बदलामा थाइल्याण्डले पनि कम्बोडियाली सैन्य प्रतिष्ठानमा आक्रमण गरेको छ। थाइल्याण्डको सिसा केट प्रान्तको एउटा ग्यास स्टेशनमा बी एम २१ रकेटले आक्रमण गरिएको थियो। यसले गर्दा कम्बोडियाली र थाई सेनाबीच झडप भएको हो। यसैबीच थाइल्याण्डको शिक्षा मन्त्रालयले कम्बोडियाको सीमावर्ती क्षेत्रमा रहेका विद्यालय...
अमुर क्षेत्रमा रुसी विमान दुर्घटना: ५० जनाको मृत्युको आशंका
पूर्वी रुसको अमुर क्षेत्रमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ५० जनाको मृत्यु भएको आशंका गरिएको छ। बिहीबार भएको दुर्घटनामा ६ चालक दलका सदस्यसहित ४९ जना यात्रु सवार थिए। रुसी समाचार एजेन्सी टी ए एस एसका अनुसार विमानमा रहेका सबै व्यक्तिहरूको ज्यान गएको अनुमान गरिएको छ। दुर्घटनाग्रस्त विमान...
प्रतिनिधिसभा बैठक बस्दै, यी दुई विधेयक प्रस्तुत गरिने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, शिक्षा, विज्ञान...
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ६ पैसाले बढेर एक डलरको खरीदमूल्य १३७.९६ रुपैयाँ र बिक्रीमूल्य १३८.५६ रुपैयाँ तोकिएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९०.९६ रुपैयाँ र बिक्रीदर ९१.३५ रुपैयाँ, १० जापानिज यनको खरीददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ र १००...










